Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारोत्तोलन खेलाडी पोल्याण्डतर्फ

$
0
0

काठमाडौँ, २ असोज । ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली सोमबार राति पोल्याण्डतर्फ गएको हो ।

यही असोज ४ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगितामा पुरुष ५६ किलो तौल समूहमा गणेश रानाभाट र महिला ५३ किलो तौल समूहमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा विश्वविद्यालय खेलकूद सङ्घ नेपालका अध्यक्ष प्रदीप जोशी र प्रशिक्षकमा संगमसिंह थापा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले बिदाइ गरे ।

The post भारोत्तोलन खेलाडी पोल्याण्डतर्फ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles