काठमाडौँ, ४ असोज । यस सिजन रियल मड्रिडले उत्कृष्ट खेल प्रदर्शन गरिराखेको छ ।
स्पेनिस लिगमा सम्हालिएर खेलको रियलले च्याम्पियन्स लिगमा पनि सुखद सुरुवात गरेको छ ।
इटालियन क्लब रोमालाई रियलले ३-० गोलले पराजित गर्न सफल भएको छ ।
घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलका लागि इस्कोले खेलको ४५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि रियलको दबाबमा रोमा रह्यो ।
खेलको ५८ औ मिनेटमा ग्यारेथ बेलले गोल गरे । यस सिजन उनीबाट क्लबले धेरै नै आशा गरेको छ भने उनी उच्च फर्ममा पनि रहेका छन् ।
खेल सकिन केही मिनेट बाँकी रहँदा मारियानो डायेजले गोल गरेका थिए । यो जितसँगै रियलले महत्वपुर्ण तीन अंक जोडेको छ ।
The post च्याम्पियन्स लिग: रियल मड्रिडको सानदार जित appeared first on Sajha Post.