काठमाडौँ, १३ कात्तिक । आफु उत्कृष्ट खेलाडी भएको भन्दै युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफूले बलोन डी’ओर अवार्ड पाउनु पर्ने बताएका छन् ।
रोनाल्डोले भनेका छन्,म इतिहासको उत्कृष्ट मध्येको एक फुटबल खेलाडी हुँ । बलोन डी’ओर अवार्ड जित्ने मेरो धेरै नै सम्भावना छ ।
कुराकानीका क्रममा रोनाल्डोले आफूमाथि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले व्यापार गरेको आरोप लगाएका छन् ।
उनीसँग सम्बनध बिग्रिएकै कारण रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख भएको थियो ।
उनी ११२ मिलियन यूरोमा रियलमड्रिडबाट इटालियन क्लब युभेन्ट्स गएका थिए ।
The post ‘म इतिहासकै उत्कृष्ट खेलाडी हुँ’ appeared first on Sajha Post.