काठमाडौँ, १५ कात्तिक । पोखरा प्रिमियर लिगमा आज दुई खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा चितवन राइनोजले हुलास काठमाडौं रोयल्ससंग प्रतिस्पर्धा गर्नेछ । पारस खड्काको चितवन र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
पीपीएल अन्तर्गत आज दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजले सोमपाल कामीको बुटवल ब्लास्टर्ससंग खेल्नेछ । दुई टोलीबीचको खेल अपरान्ह १ः३० मा हुनेछ ।
The post पोखरा प्रिमियर लिग: चितवन राइनोजले हुलास काठमाडौं रोयल्ससंग प्रतिस्पर्धा गर्दै appeared first on Sajha Post.