काठमाडौँ, ६ मंसिर । आईभेरीकोस्ट तथा प्रिमियर लिग क्लब चेल्सीका लिजेण्ड डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यासको लिएको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘अविस्मरणिय २० बर्ष लामो फुटबल करिअरलाई बिट मार्दै सन्यास लिएको घोषणा गरेको छु ।’
४० बर्षिया लिजेण्ड डोग्बाले चेल्सीबाट ३ सय ८१ खेलमा १ सय ६४ गोल गरेका थिए । चेल्सीलाई उपाधि जिताउ प्रमुख भुमिका खेलेका उनले चेल्सीलाई चारपटकसम्म प्रिमियर लिगको उपाधि जिताउन सफल भएका थिए।
आफ्नो करिअरको अन्तिम १८ महिना अमेरिकन क्लबमा बिताएका थिए उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन पनि सफल भएका थिए ।
उनले प्रशिक्षक जोसे मोउरिन्होलाई धन्यवाद दिदै भनेका छन्, ‘उनले मेरो जीवन परिवर्तन गरिदिए । उनले दिएको अवसरले नै आज म यहाँसम्म आइपुग्न सफल भएको छु ।’
The post ड्रोग्बाले गरे फुटबल करिअरबाट सन्यासको घोषणा appeared first on Sajha Post.