Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सन् २०१८ को उत्कृष्ट फुटबलर लुका मोड्रिच, तोडियो रोनाल्डो र मेस्सीको दबदबा

$
0
0

काठमाडौँ, १८ मंसिर । करिब १० वर्षदेखि बार्सिलोना स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडीको बर्चस्व रहेको बालोन डीओरको अवार्ड यसपटक भने रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचले जितेका छन् ।

क्रोयसियालाई विश्वकपको फाइनलसम्म पुर्याउन तथा रियललाई च्याम्पियन्स लिगको उपाधि लगातार तीनपटकसम्म जिताउन प्रमुख भुमिका खेलेका उनलाई यो अवार्डले सम्मान गरिएको हो । कतिपयले यसपटक पनि मेस्सी वा रोनाल्डोले यो अवार्ड जित्ने बताइरहेका थिए । यो अवार्ड मोड्रिचको पोल्टामा परेसँगै १० वर्षदेखि रहँदै आएको मेस्सी र रोनाल्डोको दबनदबाको पनि अन्त्य भएको छ ।

सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका उनले ३३ वर्षको उमेरमा यो अवार्ड जितेका हुन् । प्राय यो अवार्ड जित्ने खेलाडीहरुको उमेर ३० मुनि रहेको छ ।

सन् २००७ मा ब्राजिलका स्टार खेलाडी काकाले यो अवार्ड जितेयता लियोनल मेस्सी र रोनाल्डोबाहेक अन्य खेलाडी यो अवार्ड जित्न सकेका थिएनन् ।

मेस्सी र रोनाल्डोले यो अवार्ड पाँचपाँच पटक जितेका छन् ।

अवार्ड जित्न मोड्रिचले ७ सय ५३ अंक पाएका थिए भने रोनाल्डोले ४ सय ७६ अंक, ग्रीजम्यानले ४ सय १४ अंक, एमबाप्पेले ३ सय ४७ तथा मेस्सीले २ सय ८० अंक पाएका थिए ।

The post सन् २०१८ को उत्कृष्ट फुटबलर लुका मोड्रिच, तोडियो रोनाल्डो र मेस्सीको दबदबा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles