काठमाडौँ, १८ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज सिएमजी संकटा क्लब र विभागीय टिम नेपाल पुलिस क्लब आमने सामने गर्दैछन् ।
यो खेल आज एन्फा टेक्निकल सेन्टरमा दिउँसो २ः३० बजे हुनेछ ।
यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको नेपाल पुलिसलाई संकटाले कडा टक्कर दिने अनुमान गरिएको छ ।
पुलिस ३ खेलमा जित, एक हार र एक बराबरीको नतिजामा छ । संकटा एक खेलमा पराजित हुँदा ४ खेलमा जित निकालेको छ ।
पुलिसलाई पराजित गर्दै संकटा महत्वपुर्ण तीत अंक हासिल गर्ने दाउमा रहेको छ । त्यस्तै पुलिस पनि लयमा फर्कने प्रयासमा रहेको छ ।
The post सहिद स्मारक ए डिभिजन लिग: संकटा क्लब भर्सेस नेपाल पुलिस क्लब appeared first on Sajha Post.