काठमाडौँ, २ पुस । गएराति भएको प्रिमियर लिगमा चेल्सीले ब्रिटन एण्ड होभ एल्भियनलाई २-१ गोलले पराजित गरेको छ ।
यस सिजन उच्च लयमा रहेको चेल्सीका लागि पेद्रो र इडिन हजार्डले गोल गरे । ब्रिटनका लागि एकमात्र गोल सोली मार्चले गरे । खेलको १७ औ मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औ मिनेटमा इडिन हजार्डले दोस्रो गोल गरे । दोस्रो हाफमा भने ब्रिटनले सम्हालिएको खेल खेल्यो ।
उसका लागि सोली मार्चले खेलको ६६ औ मिनेटमा गोल गरे । यो जितसँगै चेल्सी १७ खेलमा ३७ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । ब्रिटन २१ अंकका साथ १३ औ स्थानमा रहेको छ ।
The post चेल्सीको कठिन जित appeared first on Sajha Post.