काठमाडौँ, ६ पुस । काराबाओ कपको सेमिफाइनलका खेल तालिका सार्वजनिक भएको छ ।
गएको सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले बर्टनको सामना गर्ने भएको छ ।
आर्सनलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको टोटनहमले चेल्सीको सामना गर्नेछ ।
दुई लिग चरणमा हुने यी खेलहरु ७ जनवरी र २१ जनवरीमा हुनेछन् ।
पहिलो खेल सिटी र टोटनहमको घरेलु मैदानमा हुनेछ । बर्टन पहिलो पटक इएफल कपको सेमिफाइनल कपमा पुगेको हो ।
The post काराबाओ कप: सेमिफाइनलका खेल तालिका सार्वजनिक appeared first on Sajha Post.