Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बिग बासमा सन्दीपको शानदार डेब्यू, एक ओभरमै दुई विकेट

$
0
0


एजेन्सी, ६ पुस । बिग बासमा डेब्यू गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले शानदार डेब्यू गरेका छन् ।

विश्व चर्चित अस्ट्रेलियाको विग बास लिगमा लामिछानेले एक ओभरमै दुई विकेट लिएर शानदार डेब्यू गरेका हुन् । उनले सिड्नी थन्डरका कप्तानसहित दुई विकेट लिए ।

आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई आउट गरे । वाट्सनले केवल २२ रन जोड्न सके । सोही ओभरको अन्तिम बलमा पनि सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पार्न सफल भए । उनले २ विकेट लिँदा केवल ३ रनमात्रै खर्चिए ।

दोस्रो ओभरमा उनले ६ रन खर्चिए । चार ओभर बलिङ गर्दा उनले ३७ रन खर्चिएका छन् ।

The post बिग बासमा सन्दीपको शानदार डेब्यू, एक ओभरमै दुई विकेट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles