काठमाडौँ, ९ पुस । गएराति भएको प्रिमियर लिगमा टोटनहमले इभर्टनलाई ६-२ गोलले पराजित गरेको छ ।
इभर्टनको घरेलु मैदानमा भएको खेलमा भारी गोलले टोटनहमले जित हात पारेको हो । टोटनहमका लागि सन हिन मिन र ह्यारी केनले दुईदुई गोल गरे ।
त्यस्तै डि अली र क्रिस्टियन इरिक सनले एकएक गोल गरे । इभर्टनका लागि थियो वालकट र सेगुडसनले एकएक गोल गरेका थिए । खेलमा इभर्टनले अग्रता बनाएको थियो ।
तर, टोटनहमले सानदार कमव्याक गर्दै पहिलो हाफमा नै तीन गोल गरेको थियो । त्यस्तै दोस्रो हाफमा पनि टोटनहमले तीन गोल गरेको थियो भने इभर्टनले एक गोल गरेको थियो ।
यो जितसँगै टोटनहम १८ खेलमा ४२ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४४ अंक रहेको छ । इभर्टन २४ अंकका साथ ११ औ स्थानमा रहेको छ ।
The post इभर्टनविरुद्ध टोटनहमले हान्यो ६ गोल appeared first on Sajha Post.