Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘लिभरपुल अवश्य पराजित हुनेछ’

$
0
0

काठमाडौँ, ९ पुस । क्रिस्टल प्यालेसका प्रशिक्षक रोय होडसनले लिभरपुल पनि पराजित हुने सम्भावना बलियो रहेको बताएका छन् ।

शनिबार भएको खेलमा म्यानचेस्टर सिटीलाई ३-२ गोलले क्रिस्टल प्यालेसले पराजित गरेपछि लिभरपुलसँगको अंकदुरी ४ अंक भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले लिभरपुललाई भेट्टाउन सक्ने क्रिस्टल प्यालेसका प्रशिक्षकले बताएका छन् । प्रिमियर लिगमा अपराजित रहेको एकमात्र क्लब लिभरपुल हो ।

१८ खेलमा अपराजित रहेको लिभरपुल पनि पराजित हुने उनले बताएका हुन् । उनले भनेका छन्, ‘लिभरपुलसँगको अंकदुरीका कारण पेप गुवार्डीवाला तनावमा छैनन् । प्रिमियर लिगका अझै २० खेलहरु खेल्न बाँकी रहेका छन् ।’
उनले थप्दै भने ‘कुनै क्लबसँग लिभरपुल पक्कै हार्नेछ । अझै धेरै खेलहरु खेल्न बाँकी रहेका छन् ।’

The post ‘लिभरपुल अवश्य पराजित हुनेछ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991