Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘मोरिन्हो म्यानुमा छदाँ भान्छामा काम गर्ने युवतीहरु समेत खुसी थिएनन्’

$
0
0

काठमाडौँ, १० पुस । पुर्व म्यानचेस्टर युनाइटेडका खेलाडी वायन रुनीले प्रशिक्षक होसे मोरिन्होलाई बर्खास्त गरेर म्यानुले राम्रो गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘मोरिन्हो क्लबमा छइन्जेल कोही पनि खुसी थिएनन् । उनी क्लबमा हुँदा भान्छामा काम गर्ने युवतीहरु समेत रुष्ट रहेका थिए ।’

लिभरपुलसँग लज्जास्पद हार भोगेपछि म्यानुले उनलाई बर्खास्त गरेको थियो ।

उनी बर्खास्त भएपछि क्लबले ओले गनर सोल्सायरलाई नियुक्त गरेको थियो । ओलेले जिम्मेवारी सम्हालेपछि म्यानुले क्यार्डिफमाथि ५-१ गोलको जित निकाल्न सफल भएको थियो ।

मोरिन्होलाई बर्खास्त गरेपछि क्लबका खेलाडीहरुमा उत्साह थपिएको र ओलेले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउने रुनीले बताए ।

मोरिन्हो क्लबमा छदाँ स्टाफहरुमा समेत बैमनस्यता भएको र वातावरण खासै ठीक नभएको उनले बताए ।

The post ‘मोरिन्हो म्यानुमा छदाँ भान्छामा काम गर्ने युवतीहरु समेत खुसी थिएनन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles