एजेन्सी, १० पुस । अष्ट्रेलियामा जारी टेस्ट सिरिजमा अहिले अष्ट्रेलियाली टोलीमा रहेका एकजना नयाँ सदस्यको चर्चा धेरै चलिरहेको छ ।
२६ डिसेम्बरबाट शुरु हुने तेस्रो टेस्ट म्याचका लागि अष्ट्रेलियाले आफ्नोे १५ सदस्य टोलीमा एकजना नयाँ लेग स्पिनरलाई पनि जोडेको छ जसको उमेर मात्र सात वर्षको रहेको छ । उनको नाम आर्ची हो ।
आर्ची तेस्रो टेस्ट म्याचमा टोलीका उपकप्तान रहनेछन् । टोली कप्तान पेनले शनिबार आर्चीको सातौं जन्मदिनमा यो घोषणा गरेका हुन् ।
आर्ची शिलरले सिरिजको अघि एडीलेड टेस्टको दौरान अष्ट्रेलियाली क्रिकेट टोलीको साथ अभ्यास पनि गरेका थिए ।
वास्तवमा उनलाई टोलीमा संलग्न गराउने काम ‘मेक अ विस अष्ट्रेलिया’ अभियानका कारण सम्भव भएको हो ।
यसअन्तर्गत अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका बालबालिकाहरुको इच्छा पूरा गर्ने प्रयास गरिन्छ ।
आर्चीले आफ्नो कलिलो उमेरमा नै धेरै अप्ठ्याराहरुको सामना गरेका छन् । मात्र तीन महिनाको उमेरमा उनी मुटु रोगबाट ग्रसित भएको पत्तो लाग्यो त्यसपछि उनलाई दक्षिण अष्ट्रेलियामा उपचारका लागि लगियो जहाँ उनले सात घण्टाको सर्जरीबाट गुज्रिनु पर्यो । बिमार लगातार बल्झिरहेपछि हालै उनको आपन हार्ट सर्जरी पनि भएको छ ।
क्रिकेट ऑस्ट्रेलिया को वेबसाइट अनुसार आर्चीकी आमा साराले चिकित्सकहरुले आर्चीलाई जुनसुकै समय जे पनि हुनसक्ने बताएका थिए ।
The post अष्ट्रेलियाली टोलीले मैदान उतार्दैछ सात वर्षका यी लेग स्पीनर appeared first on Sajha Post.