Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म बार्सिलोना छाड्दिनँ, नेयमार आए खुसी हुन्छुः मेसी

$
0
0

फाइल फोटो

बार्सिलोना (एजेन्सी), १६ पुस । बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले बार्सिलोना छाड्ने कुनै सम्भवना नरहेको दोहोर्‍याएका छन् । उनले आफ्ना पूर्वसहकर्मी नेयमार बार्सिलोना फर्किए आफूलाई खुसी लाग्ने प्रतिक्रिया पनि दिएका छन् ।

कहिलेकाँही बार्सिलोना छाड्नेबारे चल्ने गरेका हल्लाबारे बोल्दै उनले भने, ‘मैले परिवर्तन गर्नुपर्ने केहि छैन । म संसारको उत्कृष्ट टोलीबाट खेलिरहेको छु ।’ उनले अगाडि थपे, ‘मैले क्लब वा लिग फेर्नुपर्ने कुनै कारण छैन । म घरमा छु र दुनियाँका उत्कृष्ट टोलीमा छु । त्यसैले बार्सिलोना छाड्नुपर्ने कुनै कारण मैले देखेको छैन ।’

यद्यपि, मेसीले नेयमारसँगको पुनर्मिलन कठिन रहेको बताए । उनले भने, ‘यदि त्यो सम्भव भए मलाई खुसी लाग्नेछ । यो कठिन छ । यदि उनी फर्के भने हामीलाई खुसी लाग्नेछ ।’

उनले अगाडि थपे, ‘उनी जस्तो खेलाडी ड्रेसिङ रुममा हुनुको ठूलो अर्थ छ ।’ उनले नेयमारसँग बिताएका रमाइला पलहरु पनि स्मरण गरे । उनले भने, ‘हामी साथी छौं । हामीले निकै राम्रा पलसँगै बिताएका छौं ।’

स्पष्टवक्ता मेसीले नेयमारसँगको केही दुःखद क्षणहरु पनि लुकाएनन् । ‘त्यसमा केहि दुःखत क्षण पनि छन् । तर पनि हामीले लामो समयसँगै बितायौं,’ मेसीले भने, ‘उनले पहिलो क्लब छाड्ने विषय हाम्रा लागि सोच्न पनि कठिन थियो । तर उनी गए ।’

The post म बार्सिलोना छाड्दिनँ, नेयमार आए खुसी हुन्छुः मेसी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles