काठमाडौँ, १८ पुस । प्रिमियर लिग उपाधिका लागि दाबेदार मानिएका लिभरपुल र म्यानचेस्टर सिटी आमने सामने गर्दैछन् ।
म्यानचेस्टर सिटीका स्टार खेलाडी बर्नाण्डो सिल्भाले भनेका छन्, ‘लिभरपुलसँग म्यान सिटी हारेमा प्रिमियर लिग उपाधि जित्ने हाम्रो सपना समाप्त हुनेछ । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ ।’
यस अपराजित रहेको लिभरपुल म्यान सिटी भन्दा ७ अंकले अगाडि रहेको छ । यदी लिभरपुलले म्यानसिटीलाई हराउन सकेमा यो दुरी १० अंकको हुनेछ ।
म्यानचेस्टर सिटीका खेलाडीहरु खेल जित्नै पर्ने दबाबमा आफुहरु रहेको र प्रिमियर लिग उपाधिका लागि म्यान सिटी अझै पनि बलियो प्रतिस्पर्धी रहेको बताएका छन् ।
म्यान सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले लिभरपुल युरोपकै उत्कृष्ट टिम भएको बताएका थिए ।
The post ‘लिभरपुलसँग पराजित भएमा हाम्रो उपाधि होड समाप्त’ appeared first on Sajha Post.