Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोरिन्हो बर्खास्ती परेपछि म्यानचेस्टर युनाइटेड अपराजित, न्युक्यासल पनि पराजित

$
0
0

काठमाडौँ, १९ पुस । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडविरुद्ध सहज जित हात पारेको छ ।

म्यानुले न्युक्यासललाई २-० गोलले पराजित गरेको हो ।

म्यानु मोरिन्हाको बर्खास्तीपछि अपराजित रहेको छ भने शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

म्यानुको जितमा रोमेलु लुकाकु र मार्कस रासफोर्डले एकएक गोल गरे ।

अन्तरिम प्रशिक्षक ओले गनर सोल्सायरले आफ्ना खेलाडीहरु फिट रहेको र नतिजा निकाल्न हरसम्भव प्रयास गरेको बताएका छन् । यो जितसँगै म्यानुले २१ खेलमा ३८ अंक जोड्न सफल भएको छ ।

म्यानु तीन अंकले आर्सनलभन्दा पछि रहेको छ । आर्सनल पाँचौ स्थानमा रहेको छ । त्यस्तै १८ अंकका साथ न्युक्यासल पन्धौँ स्थानमा रहेको छ ।

The post मोरिन्हो बर्खास्ती परेपछि म्यानचेस्टर युनाइटेड अपराजित, न्युक्यासल पनि पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles