काठमाडौँ, २० पुस । गएराति भएको प्रिमियर लिगमा यस सिजन २० खेलमा अपराजित रहेको लिग लिडर लिभरपुल अन्नत म्यानचेस्टर सिटीसँग २-१ गोलले पराजित भएको छ ।
म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल हराउन म्यान सिटी सफल भएको हो । पहिलो हाफको ४३ औ मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै म्यानसिटीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ६४ औ मिनेटमा रोबर्टो फिरमिन्होले बराबरी गोल फर्काए । पहिलो हाफदेखि नै सम्हालिएर खेल खेलेको म्यान सिटीलाई जित्नै पर्ने बाध्यता थियो ।
खेलको ७२ औ मिनेटमा लिओरो सानेले गोल गर्दै पुन म्यानसिटीलाई अग्रता दिलाएका थिए । अन्तत उनको गोल नै जितका लागि काफी बन्यो । यो जितसँगै म्यानसिटी पुन प्रिमियर लिग उपाधिको दौडमा देखिएको छ ।
सात अंकले पछि परेको म्यानसिटी यो जितसँगै ४ अंकले पछि परेको छ । लिभरपुलको २१ खेलमा ५४ अंक रहेको छ भने म्यानसिटीको ५० अंक भएको छ ।
The post अन्तत लिभरपुल पराजित, म्यानेचेस्टर सिटी पुन उपाधि दौडमा appeared first on Sajha Post.