काठमाडौँ, २० पुस । केही दिन अगाडि मात्र बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले इनियष्टालाई अति नै मिस गरेको बताएका थिए ।
बार्सिलोनाका पूर्व खेलाडी आन्द्रेज इनियष्टाले पनि आफूले बार्सिलोनालाई अति नै मिस गरेको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले बार्सिलोनालाई आफ्नो मन र मुटुले सदा बार्सिलोनालाई सम्झिरहेको बताएका हुन् ।
इनियष्टाले स्र्पोट्सलाई विशेष अन्तर्वार्ता दिँदै आफू जापानमा भए पनि बार्सा सँधै मनमा रहेको बताएका छन् ।
उनले भने ‘मैले निकै मिस गरिरहेको छु । यदी मेरो शिर र शरीरले दिन्छ भने म बार्सामै बस्न चाहन्छु ।
बार्सिलोनामा स्टार खेलाडीहरुको कमी नरहेको उनले बताए । बार्सिलोना प्रशिक्षकलाई कस्ता खेलाडी क्लबमा अनुबन्ध गर्दा क्लबललाई फाइदा हुन्छ उनलाई राम्रो समझ भएको बताएका छन् ।
प्रशिक्षकलाई क्लबको आवश्यकताको बारेमा राम्ररी थाहा छ । युवा खेलाडीहरुको सम्मान गरिराखेको खण्डमा र ती खेलाडीले पनि मेहनत गरेमा उनीहरुले पक्क खेल्न पाउँछन् ।’
The post ‘म जहाँ भएपनि मन र मुटुमा बार्सिलोना छ’ appeared first on Sajha Post.