काठमाडौँ, २२ पुस । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले फर्नानण्डो र सर्जियो अगुइरोको विकल्प आफुसँग नभएको बताएका छन् ।
म्यानसिटीमा आएपछि यी दुई खेलाडीले सानदार खेल प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरुको विकल्पमा अन्य खेलाडीहरुको खोजी भइरहेको हल्ला बाहिर आइरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
लिग लिडर लिभरपुललाई पराजित गर्दा यी दुई खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
प्रिमियर लिगमा लिभरपुलविरुद्ध सर्जियो अगुइरोले प्रत्येक खेलमा गोल गरेका छन् ।
म्यान सिटीलाई यो उत्कृष्ट लयमा ल्याउन प्रमुख भुमिका खेलेको पेपले भनेका छन्, ‘फर्नानण्डोसँग भएका गुणहरु जस्तै अन्य खेलाडीमा पाउन मुस्किल छ । उनको विकल्प पाउन मस्किल छ ।’
उनले थप्दै भने, ‘एउटै क्लबमा दश ब्राहवर्षसम्म बस्नु र एउटै लयमा रहेर खेल प्रदर्शन गर्नु एउटा ठुलो गुण भएका खेलाडीले मात्र गर्न सक्छन् । यो गुण भएका सर्जियो अगुइरोलाई मेरो सम्मान छ ।’
The post अगुइरो र फर्नानण्डोबारे यसो भन्छन् पेप गुवार्डीवाला appeared first on Sajha Post.