Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एफए कपः म्यानचेस्टर सिटीले हान्यो सात गोल

$
0
0

काठमाडौँ, २३ पुस । गएराति भएको एफए कपमा म्यानचेस्टर सिटीले रोथरहम युनाइटेडलाई ७-० गोलले पराजित गरेको छ ।

सानदार जितमा गोलको बर्षात गरेको सिटी एफए कपको अर्को चरणामा प्रवेश गरेको छ ।

सिटीको जितमा रहिम स्टर्लिङ, फिल फोडेन, ग्राबियल जेसस, रियाद महरेज, ओटोमन्डी र लिओरो सानेले एकएक गोल गरे । त्यस्तै सेमी एजेइले आत्मघाती गोल गरे ।

त्यस्तै गएराति भएका अन्य खेलमा फुलहम र लेइसेस्टर सिटी पराजित भएका छन् ।

फुलहमलाई ओल्डहम एथ्लेटिकले २-१ गोलले पराजित गर्यो भने लेइसेस्टर सिटी न्यु पोर्ट कोउन्टीसँग २-१ गोलले पराजित भएको थियो ।

The post एफए कपः म्यानचेस्टर सिटीले हान्यो सात गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles