Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्याच प्रिभ्युः आर्सनल भर्सेस चेल्सी

$
0
0

काठडमौँ, ५ माघ ।  आज राति प्रिमियर लिगमाआर्सनलले आफ्नो घरेलु मैदानमा चेल्सीसँग आमनेसामने गर्दै । चौथो स्थानमा रहेको चेल्सीले पाँचौँ स्थानमा रहेको आर्सनलसँग भिड्दैछ । चेल्सीसँग अंकदुरी कम गर्ने यो आर्सनलको लाज मौका हो ।

६ अंकले अगाडि रहेको चेल्सीका लागि शिर्ष चारमा बलियो स्थान बनाउन जित्नै पर्ने दबाब रहेको छ ।

यस सिजन नयाँ वर्षसँगै खेल खस्किएको आर्सनलले घरेलु मैदानको फाइदन कति उठाउन सक्छ त्यो भने चासोको विषय बनेको छ ।
चेल्सीका स्टार खेलाडी इडिन हजार्ड उच्च लयमा रहेका छन् । उनी आर्सनलका लागि निकै खतरनाक हुनसक्छन् । डिफेन्सलाइन कमजोर भएका कारण पनि आर्सनलले चेल्सीलाई रोक्न कठिन हुने बताइएको छ । आर्सनलका प्रशिक्षक युनरी इमरीले आक्रामक खेल खेलाउने बताएका छन् । यस सिजन राम्रो खेल खेलिरहेको चेल्सीले आर्सनलमाथि दबाब बनाउन सकेमा वा खेल जित्न सकेमा शिर्ष चारको लडाईका लागि आर्सनल पछि पर्नेछ ।

यस सिजन शिर्ष चारमा स्थान बनाउन र चेल्सीसँगको अंकदुरी कम गर्न आर्सनलले जित्नै पर्ने दबाब रहेको छ । एकाएक एकपछि अर्को खेल हारेको आर्सनलले २२ खेलमा ४१ अंक जोडेको भने चेल्सीले ४७ अंक जोडेको छ ।

The post म्याच प्रिभ्युः आर्सनल भर्सेस चेल्सी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images