काठमाडौँ, ६ माघ । अन्तरिम प्रशिक्षक ओले गनर सोल्सायर आएपछि म्यानचेस्टर युनाइटेडले सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ ।
उनी आएपछि अपराजित रहेको म्यानुले गएराति भएको खेलमा पनि जित हात पारेको छ । ब्राइटन एण्ड होभ एल्भियनलाई म्यानुले २-१ गोलले पराजित गरेको हो ।
म्यानुको जितमा पोउल पोग्वा र मार्कस रासफोर्डले एकएक गोल गरे ।
खेलको २७ औ मिनेटमा पोउल पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै म्यानुलाई अग्रता दिलाए ।
खेलको ४२ औ मिनेटमा मार्कस रासफोर्डले गोल गरे । तर, दोस्रो हाफमा ब्राइटनले खेलमा फर्कन हरसम्भव प्रयास भयो । उसका लागि खेलको ७२ औ मिनेटमा पासकल ग्रोसले एक गोल फर्काए ।
यो जितसँगै म्यानुको २३ खेलमा ४४ अंक भएको छ । म्यानु लिगको छैटौँ स्थानमा रहेको छ । ब्राइटन २६ अंकका साथ लिगको १३ औ स्थानमा रहेको छ ।
The post म्यानचेस्टर युनाइटेड सातौ खेलमा पनि अपराजित, ब्राइटनविरुद्ध कठिन जित appeared first on Sajha Post.