Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालले यूएइलाई दियो १०५ रनको लक्ष्य, यूएई जवाफी ब्यटिङमा

$
0
0

काठमाडौं, २० माघ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको छ । वर्षाको कारणले निर्धारित समयभन्दा ढिला गरी सुरु भएको २० ओभरको खेल १० ओभरमा झारिएको थियो । पुरै १० ओभर खेल्दै नेपालले ८ विकेट गुमाएर १०४ रन बनायो ।

निर्धारित समयभन्दा अढाइ घण्टा ढिलागरी सुरु भएको खेलमा यूएईले टस जितेर फिल्डिङ रोजेको छ। मैदान ओसिलो भएका कारण नेपाल पहिले ब्याटिङ गर्न बाध्य भएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । यस्तै विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए । सोमपाल कामी र पवन सर्राफ सुन्य रनमा आउट भए ।

युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २र२ विकेट लिए । अमीर हायत, जोहर खान र मोहमत बोताले १–१ विकेट लिए ।

नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-२० सिरिज १–१ को अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-२० सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २–१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।

अहिले यूएई जवाफी ब्याटिङ गरिरहेको छ ।

The post नेपालले यूएइलाई दियो १०५ रनको लक्ष्य, यूएई जवाफी ब्यटिङमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles