Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलविरुद्ध सर्जियो अगुइरोको ह्याट्रिक, म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

$
0
0

काठमाडौँ, २१ माघ । म्यानचेस्टर सिटीले इथिहड स्टेडयममा आर्सनलविरुद्ध सानदार जित हात पारेको छ । यस सिजन मध्यम खेल प्रदर्शन गरेको आर्सनल म्यानसिटीसँग ३-१ गोलले पराजित भएको हो ।

यस सिजन लिग लिडर लिभरपुलविरुद्ध दबाब बनाइराख्न सिटीलाई जित्नै पर्ने दबाब रहेको थियो । प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धामा रहेको सिटीलाई टोटनहमले पनि चुनौती दिइरहेको अवस्था छ ।

म्यान सिटीको जितमा सर्जियो अगुइरोले ह्याट्रिक गरे । उनले खेलको पहिलो मिनेटमा नै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १० औ मिनेटमा लउरेन्ट कोसेन्लीले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए ।

आर्सनलविरुद्ध खेलमा अगुइरोलाई रोक्न आर्सनलका खेलाडीहरुले सकेनन् । उनले पहिलो हाफको अन्तिम समयमा पुन सिटीलाई अग्रता दिलाए । खेलको ६१ औ मिनेटमा अर्को उत्कृष्ट गोल गर्दै आर्सनलविरुद्ध ह्याट्रिक समेत गरे ।

यो जितसँगै म्यानसिटीको २५ खेलमा ५९ अंक भएको छ ।

लिग लिडर लिभरपुलको ६१ अंक रहेको छ । एक खेल कम खेलेको लिभरपुलले सोमबार वेस्टह्याम युनाइटेडसँग खेल्दैछ । त्यस्तै पराजित आर्सनल अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । पाँचौ स्थानमा म्यानचेस्टर युनाइटेड उक्लेको हो ।

The post आर्सनलविरुद्ध सर्जियो अगुइरोको ह्याट्रिक, म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles