काठमाडौँ, २१ माघ । स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडलाई झट्का लागेको छ ।
बार्सिलोनासँग अंकदुरी कम गर्ने सुनौलो अवसर एट्लेटिकोले गुमाएको छ । एट्लेटिकोलाई रियल बेटिसले १-० गोलले पराजित गरेको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा खेलको ६५ औ मिनेटमा सर्जियो क्यानालसले गरेको गोल नै निर्णायक गोल बन्यो भने एट्लेटिको गोल गर्न चुक्यो ।
यो हारसँगै एट्लेटिकोको २२ खेलमा ४४ अंक रहेको छ । त्यस्तै रियल बेटिसको ३२ अंक रहेको छ । लिग लिडर बार्सिलोनाको ५० अंक रहेको छ ।
The post एट्लेटिको मड्रिडले बार्सिलोनासँग अंकदुरी कम गर्ने मौका गुमायो appeared first on Sajha Post.