Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत

$
0
0

काठमाडौं, २१ माघ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । यूएईविरुद्ध सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोली अपरान्ह नेपाल आईपुगेको हो ।

ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपाली टोलीलाई संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, संघीय सांसदहरु लगायतले विमानस्थलमा रातो कार्पाेटमा स्वागत गरेका थिए ।

उक्त अवसरमा सयौं क्रिकेट समर्थकहरु विमानस्थल पुगेका थिए। घरेलु टोली यूएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–२० सिरिज नेपालले समान २–१ ले जितेको थियो ।

The post राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles