Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेलबर्न १० विकेटले पराजित, सन्दीपको पनि खराब प्रदर्शन

$
0
0


काठमाडौं, २५ माघ । नेपालका चर्चित बलर सन्दीप लामिछाने आवद्ध टिम मेलवर्न स्टार्सले लज्जास्पद हार व्यहोरेको छ । ब्रिस्बेन हीटको भिडन्तमा मेलवर्न स्टार्स १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

१ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको क्रममा ब्रिस्बेनले बिना कुनै विकेट क्षति ६० बल अगाडि नै १ सय ५८ रन बनायो । मेलवर्नका कुनै पनि बलर चल्न सकेनन् । सन्दीपले पनि २ ओभरमा २८ रन खर्चेर खराब प्रदर्शन गरे ।

टोलीको सहज र शानदार जितमा ओपनर बेन कटिङ र म्याक्स ब्रायन्टले १ सय ५८ रनको अविजित आक्रमक इनिङ्स खेले । बेनले ३० बलमा ८ छक्का र ४ चौका हिर्काउँदै ८१ रन जोडेर अविजित रहे भने म्याक्स ३० बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनमा नट आउट रहे ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको मेलबर्नले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन जोडेको थियो ।

The post मेलबर्न १० विकेटले पराजित, सन्दीपको पनि खराब प्रदर्शन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles