Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगःलिभरपुल पुनः शिर्षस्थानमा उक्लियो

$
0
0

काठमाडौँ, २७ माघ । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले एफएसी बोर्नेमाउथलाई ३-० गोलले पराजित गर्दै पुन शिर्षस्थानमा उक्लन सफल भएको छ ।

लिभरपुलको जितमा साइडो माने, विजनाल्डम र मोहमम्द सलाहले एकएक गोल गरेका थिए । खेलको २४ औ मिनेटमा साइडो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

खेलको ३४ औँ मिनेटमा जर्जिनो विजनाल्डमले लिभरपुलका लागि दोस्रो गोल गरे । दुई खेल लगातार बराबरी खेलेको लिभरपुलका लागि यो खेल जित्नै पर्ने दबाब रहेको थियो ।

दोस्रो हाफमा पनि लिभरपुल उत्तिकै आक्रामक देखियो ।

उसका लागि खेलको ४८ औँ मिनेटमा मोहमम्द सलाहले गोल गरे ।

यो जितसँगै लिभरपुलको २६ खेलमा ६५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अंक रहेको छ । लिगको ११ औँ स्थानमा रहेको बोर्नेमाउथको ३३ अंक रहेको छ

The post प्रिमियर लिगःलिभरपुल पुनः शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles