Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

धनगढी प्रिमियर लिगः प्ले अफको चिन्तामा तीन टिम

$
0
0


काठमाडौं, ६ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ ।

फाप्ला क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा रुपन्देहीलाई साविकको विजेता धनगढीले चुनौती दिने देखिएको छ । यी दुई टोलीबीचको खेल बिहान ९ बजेबाट सुरु भएको छ । प्रतियोगिताबाट बाहिरी सकेको धनगढी आजको खेल जितेर सान्त्वना जित हासिल गर्न चाहन्छ ।

यस्तै आजै हुने दोस्रो खेलमा सिवाईसी अत्तरिया र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । प्रतिस्पर्धाको लागि मैदान उत्रँदा दुवै टोली स्पष्ट जितको खोजीमा रहनेछ । आजको खेल जित्ने टोली प्ले अफ पुग्नेछ ।

आजको खेल जिते अत्तरिया एक खेल अगावै प्लेमा पुग्ने छ भने पराजित भए अत्तरियालाई अन्तिम खेलसम्म पर्खनु पर्ने हुन्छ । यता पाँचौ स्थानमा रहेको विराटनगर आजको खेलमा पराजित भए प्रतियोगिताबाटै बाहिरिने छ ।

The post धनगढी प्रिमियर लिगः प्ले अफको चिन्तामा तीन टिम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles