Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

तिलोत्तमा गोल्डकपः च्यासल र संकटा भिड्दै

$
0
0


काठमाडौं, ६ फागुन । २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज च्यासल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि हिजो भएको खेलमा आयोजक रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबारको खेलमा सुनसरी–११ लाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै रुपन्देही सेमिफाइनलमा पुगेको हो । बुटवलको एन्फा टेक्निकल सेन्टरमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा ३–३ गोलको बराबरी हुँदै सडन डेथमा पुगेको थियो ।

अब रुपन्देहीले सेमिफाइनलमा फागुन १० गते क्यामरुनको दाउफिन्स र झापा–११ बीचको विजेतासँग खेल्नेछ ।

The post तिलोत्तमा गोल्डकपः च्यासल र संकटा भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles