काठमाडाैं, ७ फागुन । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
थाइल्यान्डको बैँककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा रहनेछ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । मलेसियाले भने आफ्नो पहिलो खेलमा सोमबार कुवेतलाई ६३ रनले पराजित गरेको थियो ।
दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिखमा यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग र अन्तिम खेलमा नेपाल कुवेतसँग २७ फेब्रुअरीमा खेल्नेछ ।
The post टी–२० महिला विश्वकप क्रिकेट : नेपाल मलेसियासँग भिड्दै appeared first on Sajha Post.