काठमाडौँ, १३ फागुन । गएराति भएको प्रिमियर लिगकाे विशेष खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।
प्रिमियर लिग उपाधिका लागि संघर्षरत लिभरपुललाई झट्का लागेको छ ।
म्यानुको घरेलु मैदानमा भएको खेलमा बराबरी खेल खेलेपछि म्यानु पाँचौ स्थानमा झरेको छ भने लिभरपुल शिर्ष स्थानमा उक्लेको छ ।
पछिल्ला ६ खेलमा १ खेलमात्र जितेको लिभरपुलले ३ खेल बराबरी खेलेको छ ।
यो बराबरी खेलसँगै लिभरपुल शिर्ष स्थानमा उक्लेको छ ।
लिभरपुलले एक अंकको अग्रता बनाएको छ । लिभरपुलको २७ खेलमा ६६ अंक जोडेको छ । म्यानचेस्टर सिटीको ६५ अंक रहेको छ । त्यस्तै म्यानुको ५२ अंक रहेको छ ।
The post लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई हराउन सकेन appeared first on Sajha Post.