कास्की, १४ फागुन । पोखरामा आजदेखि दोस्रो संस्करणको माछापुच्छ्रे क्रिकेट लिग शुरु भएको छ ।
माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा प्रदेशसभा भवन पछाडिको क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथ मस्किटर्सले आर.के.भिक्टो रियन्सलाई १० रनले पराजित गर्न सफल भयो । प्रतियोगिताको गण्डकी प्रदेश सरकारका मुख्य सचिव लक्ष्मीराम पौडेलले ब्याटिङ तथा उपसचिव डिल्लीराम सिग्देलले बलिङ गरेर उद्घाटन गरेका थिए । सो अवसरमा सचिव पौडेलले खेलकूद र अनुशासन एकअर्काका परिपुरक भएको बताउँदै खेलाडीले अनुशासन कायम राख्दै आफ्नो खेल कौशल प्रस्तुत गर्नुपर्ने बताए ।
फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आर.के.भिक्टोरियन्स, लेखनाथ मस्किटर्स, सि.एन.डी.वारियर्स, पर्वत टाइटान्स, फिस्टेल स्टार्स, र राइजिङ्ग लायन्स सहभागी छन् । प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद रु तीन लाख तथा उपविजेताले नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । बुधबार लेखनाथ र राइजिङ्ग लायन्सबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेश खत्रीले जानकारी दिए ।
The post पोखरामा माछापुच्छ्रे क्रिकेट लिग शुरु appeared first on Sajha Post.