काठमाडौं, १५ फागुन । महिला टी-२० वर्ल्ड कपको एसिया छनोट अन्तर्गत कुवेतविरुद्ध नेपालले ३० रनको विजय निकालेको छ ।
ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लगि यो खेल जित्नु महत्वपूर्ण थियो । जितसँगै नेपाल अंकतालिकको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले दिएको ११७ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभर खेल्दा ९ विकेट गुमाएर केवल ८६ रन जोड्यो । नेपालको जितका लागि कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिएकी हुन् । रुविनाले नेपालको जितका लागि अलराउण्ड प्रदर्शन गरिन् । आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी उनले ३ विकेट पनि लिएकी हुन् ।
त्यसैगरी रुविना क्षेत्रीले पनि कुवेती ब्याटिङलाई धरापमा पार्दै तीन विकेट लिइन् भने नेरी थापा र कविता कुँवरले समान १/१ विकेट लिए ।
कुवेतका लागि मार्यम ओमारले सर्वाधिक २६ रन जोडिन् भने प्रियदा मुरलीले १४ रन जोडिन् । त्यसैगरी मरिम्मा हाइदर र सव्रिन जार्कीले समान १२/१२ रन जोडे ।
टस जितेर बलिङ रोजेको कुवेतका लागि नेपालले एक सय १७ रनको चुनौती प्रस्तुत गरेको थियो । नेपालले २० ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा एक सय १६ रन बनाएको हो ।
नेपालको लागि सुरुवात राम्रो हुन सकेन । ओपनर सीता राना मगरले २ बल खेल्दा डक आउट भइन् । त्यतिबेला नेपाल केवल ६ रनको स्थितिमा थियो । नेपालको लागि बिन्दू रावलले ४९ बल खेल्दा एक चौकासहित सर्वाधिक २८ रन जोडिन् । त्यसैगरी नेरी थापा र कप्तान रुबिना चौधरीले ३३ रनको साझेदारी गरेर नेपालको रन उकासे । उनीहरुले ब्याटिङमा नेपालको कमजोर सुरुवातलाई राहत दिँदै रन जोड्न योगदान गरे । नेरीले १९ बलमा ३ चौकासहित १९ नै रन हिर्काइन् भने रुबिनाले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ३ चौकासहित २२ रनको रन जोडिन् ।
नेपालको ब्याटिङलाई चुनौती दिँदै कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए । यतिबेला कुवेत नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
सात राष्ट्र सम्मिलित छनोटमा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । ६ खेल खेलेको नेपाल ५ जितसहित १० अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा पाँचै खेल जितेको थाइल्याण्ड रनरेटको आधारमा १० अंकसहित शीर्ष स्थानमा छ ।
७ राष्ट्र सम्मिलित प्रतियोगिता नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ । एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड रनरेट नेपालको भन्दा धेरै राम्रो छ । थाइल्याण्ड र युएईको खेल पनि आजै छ ।
The post कुवेतलाई पराजित गर्दै नेपाल दोस्रो स्थानमा उक्लियो appeared first on Sajha Post.