काठमाडौं, १५ फागुन । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग क्रिकेटमा आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीपको टिम लोहोरले क्युटा ग्लाडिएटर्ससँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।
पाकिस्तान सुपर लिगमा यसअघि यी दुई टिमबीच भएको खेलमा क्युटा ग्लाडिएटर्सले लाहोरलाई तीन विकेटले पराजित गरेको थियो । नेपालका युवा खेलाडी सन्दीप लामिछाने प्लेइङ इलाभेनमा पर्न सके यो उनको तेस्रो खेल हुनेछ ।
The post पाकिस्तान सुपर लिगः सन्दीपको लाहोर र क्युटा भिड्दै appeared first on Sajha Post.