एजेन्सी । अफगानिस्तानका क्रिकेटर मोहम्मद शहजादले अन्तराष्ट्रिय टी-ट्वान्टी म्याचमा रन बनाउने मामिलामा भारतीय कप्तान विराट कोहलीलाई पछि पारेका छन् ।
आइतबार नोएडामा खेलिएको टी-ट्वान्टी म्याचमा आयरल्याण्डविरुद्ध २९ वर्षीय शहजादले २७ बलमा ७२ रनको महत्वपूर्ण पारी खेले । यससँगै शहजादले ५८ अन्तराष्ट्रिय टी-ट्वान्टी खेलबाट १७७९ रन बनाएका छन् । तर २८ वर्षीय भारतीय कप्तान विराट कोहली ५८ अन्तराष्ट्रिय टी-ट्वान्टी खेलबाट १७०९ रन भएको छ ।
मोहम्मद शहजाद क्रिकेटको यस प्रारुपमा अब मार्टिन गप्टिल (१८०६), तिलकरत्ने दिलशान (१८८९) और ब्रेंडन मैक्कुलम (२१४०) भन्दा पछाडि रहेका छन् । विकेटकिपर समेत रहेका ब्याट्सम्यानले ओपनरको रुपमा क्रिजमा उत्रिएर धुँवादार प्रदर्शन गरेका थिए । उक्त म्याच अफगानिस्तानले २८ रनले जितेको थियो । दुवै टिमबीच तीन म्याचको सीरिज चलेको थियो । जसमा अफगानिस्ताले आयरल्याण्डलाई ३-० हरायो ।
तस्बिर: एपी
The post यस अफगानी क्रिकेटरले पछारे कोहलीलाई appeared first on Sajha Post.