काठमाडौँ, १६ फागुन । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
उनीसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिए । दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्ने बताइएको छ ।
‘दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ’, उनले भने । रासस
The post चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने appeared first on Sajha Post.