काठमाडौँ, १७ फागुन । कोपा डेल रे को सेमिफाइनलमा रियल मड्रिड पराजित भएपछि रियल मड्रडिले प्रशिक्षक सोलारीको विकल्प खोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।
पछिल्ला खेलहरुमा उत्कृष्ट खेल खेलेको रियलले बार्सिलोनाविरुद्ध भने त्यो रबाफ जमाउन सकेन । मिडिया रिपोर्टका अनुसार अब सोलारीको विकल्प खोज्नु पर्ने अवस्था आएको छ ।
स्पेनिस लिगमा अझै बार्सिलोना र रियलबीचको खेल हुनै बाँकी रहेको छ । बार्सिलोना ठुलो धनराशि खर्चिएर स्टार खेलाडीहरु अनुबन्ध गरेको छ । तर, रियलले ठुलो रकम खर्चिएर खेलाडी किनेको छैन ।
प्रशिक्षक फेरबदल भइरहेको बेला फेरि नयाँ प्रशिक्षक नियुक्त गर्ने हल्ला चलेको छ । यसले रियलको खेलमा असर पार्ने समिक्षकहरु बताउँछन् ।
The post रियल मड्रिडका प्रशिक्षकको विकल्प खोज्ने तयारी appeared first on Sajha Post.