Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कमजोर अगस्बर्गसँग डर्टमुन्ड पराजित, बार्यनलाई मौका

$
0
0


एजेन्सी, १८ फागुन । जर्मन बुन्डेस लिगाको शुक्रबार भएको खेलमा बोरुसिया डर्टमुन्ड अग्सबर्गसँग स्तब्ध भएको छ । अंक तालिकाको पुछारतिर रहेको अग्स्बर्गका लागि घरेलु मैदानमा दक्षिण कोरियाली फरवार्ड जी दोङ वोनले २ गोल गरेपछि डर्टमुन्ड स्तब्ध भएको हो । उनी डर्टमुन्डकै पूर्व खेलाडी हुन् ।

खेलको २४ औं मिनेटमा जी दोङले गोल गरेर पहिलो हाफमै अग्रता दिलाए । त्यसैगरी, दोस्रो हाफको ६७ औं मिनेटमा उनले अर्को व्यक्तिगत गोल गरे । डर्टमुन्डका लागि खेलको १० मिनेट समय बाँकी रहँदा पाको अल्कासेरले एक गोल गरे पनि उक्त गोलले पराजय रोक्न सकेन ।

पराजयसँगै डर्टमुन्डले अंक तालिकाको शीर्ष स्थानमा थप ६ अंकले अग्रता लिने अवसर गुमाउँदा दोस्रो स्थानमा रहेको बार्यन म्युनिखलाई नयाँ अवसर प्राप्त भएको छ । डर्टमुन्डले २४ खेलमा ५४ अंक छ भने बायर्नले २३ खेलमा ५१ अंक जोडेको छ । शनिबार हुने खेलमा बायर्नले तेस्रो स्थानको बोरुसिया मोन्चेन्ग्लाडबाकसँग भिड्नेछ ।

The post कमजोर अगस्बर्गसँग डर्टमुन्ड पराजित, बार्यनलाई मौका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images