काठमाडौँ, ११ चैत । गएराति भएको युरो कप क्वालिफिकेशनमा बेल्जियमले साइप्रसलाई २–० गोलले पराजित गरेको छ । बेल्जियमका स्टार खेलाडी इडेन हजार्डका लागि विशेष खेल रह्यो । उनले बेल्जियमबाट आफ्नौ एकसयौ खेल खेले । विशेष खेलमा उनले गोल गर्न पनि सफल रहे ।
बेल्जियमका लागि खेलको १० औ मिनेटमा इडिन हजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । खेलको १८ औ मिनेटमा मिचि बात्सुआईले दोस्रो गोल गरे ।
समुह आईको खेलमा बेल्जियमले २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
The post बेल्जियमको जितमा इडिन हजार्डको सानदार गोल appeared first on Sajha Post.