काठमाडौं, २९ चैत्र । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर शम्भु बास्तोलाको निधन भएको छ । विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा बास्तोलाको बिहीबार राती निधन भएको हो ।
केही समयअघि सडक दुर्घटनामा परी बास्तोला गम्भीर घाइते भएका थिए । मेरुदण्डको हड्डी भाच्चिएपछि उनलाई उपचारका लागि नोबल अस्पतालमा राखिएको थियो । तर मुटुको धड्कन सामान्य नभएपछि शल्यक्रिया गर्न सकिएको थिएन । शल्यक्रिया गर्न नसकिएपछि बास्तोलाको निधन भएको चिकित्सकले बताएका छन् ।
The post पूर्व गोलकिपर बास्तोला रहेनन् appeared first on Sajha Post.