Image may be NSFW.
Clik here to view.
नयाँ दिल्ली, ३० चैत । शिखर धवन ९७ रनमा अविजित रहँदा विशाल लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले कलकत्ता नाइटराइडर्सलाई हराएको छ ।
शुक्रबार राति सम्पन्न आईपीएलमा धवनको ९७ सँगै ऋषभ पन्तको ४६ रनका बीच तेस्रो विकेटका लागि उनीहरुले १०५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यही महत्वपूर्ण साझेदारीका कारण दिल्लीले कलकत्तालाई ७ विकेटले हराएको हो ।
ईडन गार्डसमा खलिएको खेलमा कलकत्ताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोडेको थियो । जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा १८० रन जोड्दै जित दर्ता गरेको हो । प्लेर अफ द म्याच बनेका धवनले ६३ बलमा ११ चौका र २ छक्का हिर्काए ।
१७९ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि पृथ्वी साव र शिखर धवनले तुफानी सुरुवात गरे । पृथ्वी ७ बलमा १४ रनसहित प्याभेलियन फर्किए । कप्तान श्रेयस अय्यर ६ रनमा प्याभेलियन फर्किए ।
दिल्लीको जितका लागि ऋषव पन्तले ३१ बलमा ४ चौका र २ छक्का हिर्काए । यो जितसँगै दिल्ली ८ अंकका साथ अंक तालिकाको चौथो नम्बरमा उक्लिएको छ ।
यसअघि ब्याटिङमा उत्रिएको कलकत्ताका लागि शुभमन गिलले ६५ रन र आन्द्रे रसेलले ४५ रन जोडे ।
The post आईपीएलः धमन चम्कँदा दिल्लीले कोलकत्तालाई हरायो appeared first on Sajha Post.