आइपिएलमा बेंगलोरका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि मंगलबार भएको खेलमा गुजरात लायन्सले घरेलु मैदानमा २१ रनको हारेको छ।
टस जितेर फिल्डीङ रोजेको गुजरातको लागि बलरहरु चल्न नसकेपछि ठुलो लक्ष्यको सामना गर्नुपरेको थियो। बेंगलोरले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै २ सय १३ रनको योगफल तयार पारेको थियो। ओपनर क्रिस गेल र कप्तान विराट कोहलीले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय २२ रनको साझेदारी गरेका थिए।
बसिल थम्पीको बलमा एलबिडब्लु आउट हुनुअघि गेलले ५ चौका र ७ छक्काको मद्दतले ३८ बलमा ७७ रन बनाए। कप्तान कोहलीले ५० बलमा ६४ रन जोडेका थिए। ट्राभिस हेदले १६ बलमा अविजित ३० रन बनाएका थिए भने केदार जाधावले १६ बलमै अविजित ३८ रन जोडे।
२१४ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले दोश्रो ओभरमै ओपार ड्वेन स्मिथलाई गुमाएको थियो। अर्का ओपनर ब्रेन्डन मक्कुलमले ४४ ब्बलमा ७२ रन बनाउँदै टोलीलाई लक्ष्यतर्फ अग्रसर गराएका थिए। अन्य कुनै ब्याट्सम्यानले ठुलो पारी खेल्न नसकेपछि गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९२ रन बनायो।
गुजरातका कप्तान सुरेश रैनाले ८ बलमा २३ रनको आक्रमक पारी खेलेका थिए। सातौं नम्बरमा ब्याटिङ गरेका इशान किसनले पनि १६ बलमा ३९ रनको उत्कृष्ट पारी खेलेका थिए। बेंगलोरको लागि युजवेंद्र चहलले ३ विकेट लिए भने पवन नेगी, एडम मिल्न र श्रीनाथ अरविन्दको नाममा १-१ विकेट रह्यो।
खेलमा ७७ रनको पारीसंगै टि२० क्रिकेटमा १० हजार रन पुरा गरेका क्रिस गेल खेलको म्यान अफ द म्याच भए। ट्वान्टी २० क्रिकेटमा १० हजार रन पुरा गर्ने गेल पहिलो खेलाडी हुन्।
The post ब्याट्सम्यान गेल चम्किएपछि appeared first on Sajha Post.