Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

$
0
0

काठमाडौं, १७ वैशाख । सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।

लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५–१४, २५–९ र २५–१५ को सेटमा जित निकालेको थियो । उपाधिसँगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझाएको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

The post पाँचौ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles