भारतमा जारी आइपिएलमा केन विलियमसन र शिखर धवनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि सनराइजर्स हैदराबादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ।
बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो। कप्तान डेविड वार्नर ४ रनमै आउट भएपछि केहि दबाबमा देखएको टोलीलाई विलियमसन र धवनले सम्हालेका थिए।
दोश्रो विकेटका लागि १३६ रनको साझेदारी गर्ने क्रममा विलियमसनले ५१ बलमा ६ चौका र ५ छक्काको मद्दतले ८९ रन बनाए। धवनले ५० बलमा ७० रन बनाउँदै टोलीलाई राम्रो योगफल तर्फ अग्रसर गराएका थिए। हैदराबादको सबै विकेट क्रिस मोरीसको नाममा रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ओपनर स्याम बिलिङ्सलाई सस्तैमा गुमाएपनि दोश्रो विकेटका लागि करुन नायर र सन्जु स्यामसनको साझेदारीले उकालो लाग्यो। तर, युवराज सिंहको एकै ओभरमा नायर र रिसब पन्त आउट भएपछि दिल्लीको गति गम भयो। स्यामसनले ३३ बलमा ४२ रन बनाए भने नायरले २३ बलमा ३३ रन जोडे।
श्रेयस ऐरले ३१ बलमा ५० रनको आक्रमक पारी खेलेपनि अर्को तिरबाट राम्रो सहयोग नमिल्दा दिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रनमा अड्कियो। हैदराबादका मोहम्मद सिराजले २ विकेट लिए भने कल र युवराजको नाममा एकएक विकेट रह्यो।
The post हैदराबादको सानदार जित appeared first on Sajha Post.