काठमाडौँ, १२ जेठ । सन् २००० मा व्यावसायिक फुटबल यात्रा शुरू गरेका ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाले फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
रियल मड्रिड र आर्सनलका पूर्वमिडफिल्डर बाप्टिस्टाले संन्यासको घोषणा गरेका हुन्।
उनले संन्यासको घोषणा गर्दै अब विश्राम लिने बेला भएको र अब नयाँ जीवन बिताउने लेखेका छन्। ब्राजिली साओ पाउलोबाट बाप्टिस्टाले रियल मेड्रिड, आर्सेनल, सेभिया, मालागा र क्लजबाट खेलेका थिए।
उनले ब्राजिलबाट दुई कोपा अमेरिका कप २००४, २००७ फिफा कन्फेडेरेसन कप २००५ र २००९ को उपाधि जितेका थिए।
The post जुलियो बाप्टिस्टाले फुटबलबाट संन्यासको घोषणा गरे appeared first on Sajha Post.