Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रधानमन्त्री कप क्रिकेट : दुई खेल हुँदै आज

$
0
0

काठमाडाैं, १२ जेठ ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उद्घाटन खेलमा जित निकालेको आर्मी सोही प्रर्दशनलाई दोस्रो खेलमा समेत निरन्तरता दिने लक्ष्य सहित मैदान उत्रनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ ।

The post प्रधानमन्त्री कप क्रिकेट : दुई खेल हुँदै आज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles