
एजेन्सी, १७ जेठ । चेल्सीका पूर्व मिडफिल्डर सेस्क फेब्रिगासले स्पेनिश क्लब नै स्ट्राइकरका लागि सही क्लब भएको बताएका छन् ।
चेल्सीका स्टार खेलाडी एजेन हजार्डले चेल्सी छोडेर रियल म्याड्रिड जान लागेको चर्चा चलिरहेको बेला फेब्रिगासले यस्तो टिप्पणी गरेका हुन् । रियल म्याड्रिडमा गएपछि एडेन हजार्ड विश्वकै उत्कृष्ट खेलाडी बन्ने र बेलेन डिअर उपाधि जित्ने फेब्रिगासले बताए ।
‘मेरा साथी हजार्डले चेल्सी छोडेर नयाँ क्लबबाट खेलून् भन्ने मेरो चाहना छ, हजार्डको क्षमता मलाई थाहा छ र उनले ब्यालन डिअर जित्न सक्छन्’, फेब्रिगासले गोल डट कमसँग कुरा गर्दै भने, ‘उनी विश्वकै सर्बोत्कृष्ट खेलाडी हुन भन्ने चाहन्छु र यसका लागि उनलाई उत्कृष्ट क्लब/टिम चाहिन्छ ।’
‘तर चेल्सीबाट खेलेर उनले ब्यालन डिअर जित्न सक्दैनन् । यसको मतलब चेल्सी नराम्रो क्लब हो भन्ने होइन, विश्वमा चेल्सीभन्दा राम्रो छवि भएका क्लबहरु पनि छन् र त्यस्ता क्लबबाट खेल्दा निकै फरक पार्छ । मेरो विचारमा एजेड रियल म्याड्रिडबाट खेले भने सबै कुरा जित्न सक्छन्’, फेब्रिगासले थपे ।
The post ‘स्ट्राइकरका लागि रियल म्याड्रिड र बार्सिलोना नै उत्कृष्ट क्लब हुन्’ appeared first on Sajha Post.