काठमाडौँ, १९ जेठ । यस सिजन लिभरपुलले उत्कृष्ट फुटबल खेल्यो । प्रशिक्षक उर्गेन क्लप आएपछि बारम्बार फाइनलसम्मको यात्रा तय गरेको लिभरपुल उपाधि भने जित्न सकेको थियो ।
चाहे त्यो युरोपा लिगको फाइनल होस् वा गएको सिजनको च्याम्पियन्स लिगको फाइनल । चाहे त्यो यस सिजनको प्रिमियर लिग दौड नै किन नहोस् । प्रत्येक प्रतिस्पर्धामा खरो उत्रिएको लिभरपुलले उपाधि जित्न नसक्दा अभागी टोलीको संज्ञा पाउनमात्र बाँकी रहेको थियो ।
तर, यस सिजन प्रियिमर लिगमा चिप्लिएको लिभरपुलले च्याम्पियन्स लिगको उपाधि उठाउँदै युरोपियन फुटबलमा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको छ ।
सन् २००६ मा लिभरपुलले एसी मिलानलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । तर, त्यसयता लिभरपुलले कुनै पनि ठुलो उपाधि जित्न सकेको थिएन ।
कति खेलाडी आए, कति नयाँ प्रशिक्षक आए तर उपाधिबिहिन यात्रा लिभरपुलले तोड्न सफल भएको छ । यस सिजन लिभरपुलले आफ्ना कमी कमजोरी मेटाउन केही उत्कृष्ट खेलाडीहरु अनुबन्ध गरेको थियो । कमजोरी पहिचान गर्न सक्ने बलियो खुबी भएका प्रशिक्षक उर्गेनको चौतर्फी चर्चा रहेको छ ।
The post १३ वर्षपछि लिभरपुलमा छाएको खुसीयाली appeared first on Sajha Post.